रोशी । नव वर्ष २०८१ को अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको घुम्ती बैठक तथा आदान-प्रदान एवम् अन्तरक्रिया कार्यक्रम रोशी गाउँपालिका वडा नं ७ कटुन्जेवेशीमा सम्पन्न गरेको छ ।
प्रत्येक महिनाको २ गते नियमित बस्दै आएको जिल्ला कार्यसमितिको बैठक प्रत्येक स्थानीय तहमा बस्ने गरी निर्णय भएको हो । चैत २ गते जिल्ला कार्यालय बनेपामा बसेको बैठकले प्रत्येक स्थानीय तहमा घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सबै स्थानीय तहमा पुगेका त्यहाँको वस्तुस्थिती, पार्टी सदस्यको मनस्थिती, सांगठनिक अवस्थाका साथै जनप्रतिनिधीसंग अन्तरक्रिया गरी सल्लाह, सुझाव समेत संकलन गर्ने उद्धेश्यले घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले बताएका छन् ।
वैशाख महिनाको नियमित बैठक रोशी गाउँपालिका कार्यसमितिको व्यवस्थापनमा कटुञ्जेवेशीमा बसेको बैठकले बाँकी रहेका क्षेत्र, स्थानीय तह र वडा सम्मेलन तत्काल सक्न निर्देशन दिएको छ । जिल्ला प्रतिनिधी नै खटाएर १ सय ३५ वटै वडामा सम्मेलन गर्ने निर्णय पनि नेपाली कांग्रेस काभ्रेले गरेको छ । जेठ महिनाको बैठक तेमाल गाउँपालिकामा गर्ने निर्णय बैठकले गरेको छ ।