खानीखोला गाउँपालिकामा बृहत खानेपानी आयोजनाको शिलान्यास

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८० चैत्र २१, बुधबार (१ साल अघि)
  • २०६ पटक पढिएको
खानीखोला गाउँपालिकामा बृहत खानेपानी आयोजनाको शिलान्यास

काभ्रे । खानीखोला गाउँपालिका–१ कोठे दायाँगाउँमा पूर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सूर्यमान दोङ ‘लालध्वज’ ले बृहत् खानेपानी आयोजनाको शिलान्यास गरेका छन् ।
करिब ३ करोडको लागतको सो आयोजनाको शिलान्यास गर्ने क्रममा दोङले कोठे दायाँगाउँ बृहत् खानेपानी आयोजना महत्वपूर्ण भएकोले निर्माण कम्पनीले काममा कुनै हेलचेक्र्याईं नगरी समयमै काम सम्पन्न गर्न आग्रह गर्दै आयोजनामा कुनै समस्या आए आफू सहयोगको लागि तयार रहने बताएका छन् ।
कार्यक्रममा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले चुनाव ताका गरिएको प्रतिबद्धता एक घर एक धारा भन्ने प्रतिवद्धता अनुरुप यो आयोजना अघि बढेको बताएका छन् । संघीय सरकारको विषेश अनुदानमा २ करोड ७६ लाख ८५ हजार लागतको आयोजनाबाट १ सय ६८ घरधुरी प्रत्यक्ष लावान्भित हुने गाउँपालिका अध्यक्ष थिङले जानकारी दिएका छन् ।
बृहत् खानेपानी आयोजनाको कार्य २०८२ असार १५ गतेमा सम्पन्न गर्ने गरी बिजय स्ट्रक्चर प्रा.लि.ले ठेक्का पाएको कम्पनीका प्रोपाइटर बिजय लामा बताएका छन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस