कांग्रेसको गर्विलो राजनीतिक इतिहासका साथै जनताका मुद्धा लिएर जानुपर्छः केन्द्रीय सदस्य भण्डारी

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८० चैत्र २१, बुधबार (१ साल अघि)
  • २०० पटक पढिएको
कांग्रेसको गर्विलो राजनीतिक इतिहासका साथै जनताका मुद्धा लिएर जानुपर्छः केन्द्रीय सदस्य भण्डारी

बनेपा । नेपाली कांग्रेस बनेपाको पहिलो नगर सम्मेलनलाई उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसको गर्विलो राजनीतिक इतिहासका साथै जनताका मुद्धा लिएर हामी जानुपर्ने बताएका छन् ।
सम्बोधनकै क्रममा कांग्रेस केन्द्रीय सदस्य भण्डारीले हामीले काम गरेपनि प्रचार गरेनौं, कांग्रेसको नेतृत्वमा धेरै काम भएको स्मरण गराउँदै संविधान सभाको निर्वाचनभएपछि धेरै प्रधानमन्त्रीको कार्यकालमा संविधान जारी हुन नसकेपछि कांग्रेस सभापति शुशिल कोइरालाको नेतृत्वमा मुलुकले संविधान पाएको भन्दै ३३ प्रतिशत महिला सहभागिताका साथै जनजाति, थारु, मधेशी, मुस्लिमको अधिकार उक्त संविधानले सुनिश्चित गरेको बताएका छन् ।

सम्मेलनमा नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद न्यौपाने, सचिव गुणराज मोक्तान, माधवप्रसाद ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, नेता अच्युतप्रसाद पौडेल, प्रचण्डराज प्रधान, महासमिति सदस्य जीवना बादे, नेपाली कांग्रेस काभ्रेको भातृ संस्था समन्वय विभाग प्रमुख समेत रहेका जिल्ला सदस्य राम जोशी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्य, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कुमार कर्माचार्य, उपसभापति हरिशरण घिमिरे, बनेपा वडा नं १४ का सभापति रोशन लामा लगायतले नेपाली कांग्रेसले गरेका कार्यहरुको बारेमा चर्चा गरेका छन् ।

उक्त सम्मेलनमा सचिव योगराज दाहाल, यशकुमार रञ्जितले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष पदमसुन्दर श्रेष्ठले पेश गरेका छन् । सोही अवसरमा आयोजित रक्तदानमा ५१ जनाले रक्तदान गरेको नगर सभापति महेशकुमार कर्माचार्यले जानकारी दिएका छन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस