काभ्रे । जनमतको ४०औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) वरिष्ठ कवि तथा कलाकार एवं प्रमुख अतिथि नरेन्द्रबहादुर श्रेष्ठले, जनमतले देशभरका साहित्यकारलाई विभिन्न समयमा सम्मान गर्दै आएको चर्चा गरेको छ ।
सम्बोधनकै क्रममा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरता दिन आयोजकलाई अनुरोध समेत गरेको छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले २०३९ सालदेखि निरन्तर पत्रिका प्रकाशन गरी ३१८ अंक प्रकाशन भएको र प्रतिष्ठान भएपछि २१९ साहित्कारहरुलाई सम्मान गरिएको हो । सहयोग रकमलाई मुद्धती कोषमा जम्मा गरी सम्मान गरिँदै आएको र यस वर्ष १५ जना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको अध्यक्ष दुवालले कार्यक्रममा बताएको छ ।
सम्मानित हुने प्रतिभाहरुमा दिपा जनमत सम्मानबाट प्राध्यापक डा. प्राडा लक्ष्मण प्रसाद गौतम बाग्लुङ, गणेश खिलकुमारी जनमत सम्मानबाट प्रमोद प्रधान मोरङ, हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान प्राडा अभि सुवेदी तेह्रथुम, जनमत जनक प्रधान सेवा सम्मान राजेश खनाल महोत्तरी, केबलपुरे जनमत सम्मान नर्मदेश्वरी सत्याल संखुवासभा, कमला सैंजू जनमत सम्मानबाट लक्ष्मी माली काठमाडौं, जनमत महेन्द्रलाल कलाकार सम्मानबाट रविन्द्र श्रेष्ठ भक्तपुर, जनमत राजभाइ सहयात्री सम्मान बाबुराम श्रेष्ठ ‘वर्षा’ मोरङ, भारती जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृति काठमाडौं, जनमत केदार सुदर्शना बाल साहित्य सम्मान गंगादेवी कसजू बाग्लुङ, जनमत सिद्धिधर्म संस्कृति सम्मानबाट रामकृष्ण कर्माचार्य ललितपुर, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मान महेश पौडेल झापा, जनमत दिपक वैद्य स्वास्थ्य सम्मान प्राडा सिर्जना श्रेष्ठ काठमाडौं, जनमत ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मान दिनेश गुप्ता पर्सा र जनमत पूर्णमान लुची समाजसेवा सम्मानबाट राजाराम धौभडेल काभ्रेलाई समर्पण गरेको छ ।
प्रतिष्ठानका मानार्थ संरक्षक राजभाइ प्रधानको सभापतित्वमा भएको कार्यक्रममा कवि, कवियत्रीहरुले आ–आफ्ना कविताहरु वाचन गरेका छन् ।