काभ्रे – काभ्रेको बनेपामा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । लायन्स क्लब अफ काभ्रे बनेपा, लायन्स क्लब अफ पाटन स्टार र आत्म ज्ञान प्रचार संघ बनेपाको आयोजनामा शनिबार काभ्रेको बनेपामा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट १२८ जना लाभान्वित भएका छन् । लायन्स क्लबले सामाजिक क्षेत्रमा रहेर विभिन्न कार्यहरु गर्दै आएको छ । जसअन्र्तगत निःशुल्क मुटु परीक्षण शिविर कार्यक्रम सञ्चालन गरिएको आयोजक लायन्स क्लब अफ काभ्रे बनेपाले जनाएको छ ।