बनेपामा आत्महत्या सम्बन्धि जिम्मेवार रिर्पोटिङ विषयक अभिमुखीकरण कार्यक्रम

  • अनलाइन काभ्रे
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २१, शुक्रबार (११ महिना अघि)
  • ४६९ पटक पढिएको
बनेपामा आत्महत्या सम्बन्धि जिम्मेवार रिर्पोटिङ विषयक अभिमुखीकरण कार्यक्रम

काभ्रे । काभ्रेको बनेपामा आत्महत्या सम्बन्धि जिम्मेवार रिर्पोटिङ विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सञ्चारिका समूह काभ्रेको आयोजना र बनेपा नगरपालिकाको समन्वयमा शुक्रबार आत्महत्या सम्बन्धि जिम्मेवार रिर्पोटिङ विषयक अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले पछिल्लो समय देशैभर आत्महत्याको घटनाका बृद्धि भएको अवस्थामा यस प्रकारको छलफलले घटना न्यूनिकरण हुनेमा विश्वास व्यक्त गरे । उनका अनुसार, आत्महत्याका घटनाका विषयमा समाचार संकलन, लेखन, सम्पदान तथा सम्प्रेषण गर्दै गर्दा पत्रकारहरु निकै संवेदनशील हुनुपर्ने देखिन्छ । यसै कुरालाई मध्यनजर गर्दै सञ्चारिका समूह काभ्रेले आयोजना गरेको कार्यक्रमलाई सफल बनाउनका लागि बनेपा नगरपालिकाले सहयोग गरेको उनले बताए ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटा दाहालले आत्महत्याको घटनालाई न्यूनिकरण गर्नका लागि बनेपा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन् । उनका अनुसार, आत्महत्या न्यूनिकरणमा पत्रकारहरुको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । आत्महत्या सम्बन्धि सकारात्मक समाचार संकलन, लेखन, सम्पादन तथा सम्प्रेषणमार्फत पनि घटना न्यूनिकरणमा पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री राज तिमल्सिनाले आत्महत्याका घटनाका समचार तयार गर्दै गर्दा पत्रकार निकै संवेदनशील हुनुपर्ने बताए । यस प्रकारको संवेदनशील विषयमा पत्रकारिताको आचारसंहिताको पालना गर्दै पत्रकारिता गर्न उनले आग्रह गरे ।

कार्यक्रमको दोस्रो सत्रमा अपराध र सुरक्षाका विषयमा केन्द्रित भएर लामो समयदेखि पत्रकारिता गर्दै आएका उकेरा अनलाइनका सम्पादक के.पी ढुंगानाले आत्महत्याका घटनामा पत्रकारले समाचार तयार गर्दाको अभ्यास, यसमा अपनाउनुपर्ने सावधानी, सुधार लगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए । त्यस्तै, आत्महत्याका घटना कसरी र किन भइरहेका छन्, यसका कारण, न्यूनिकरणका विषयमा मनोविद सिता भण्डारीले प्रस्तुतीकरण दिएकी थिइन् ।

कार्यक्रममा जिल्ला स्थित क्रियशील पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस