मनोहरा साहित्य समाजको ‘मनोहरा’ विमोचन

  • अनलाइन काभ्रे
  • / साहित्य गतिविधि /
  • २०८२ बैशाख १४, आईतबार (१५ घण्टा अघि)
  • ७० पटक पढिएको
मनोहरा साहित्य समाजको ‘मनोहरा’ विमोचन

काठमाडौं । मनोहरा साहित्य समाजले आफ्नो संस्थाको कृति शनिबार काठमाडौंको एक कार्यक्रमका बीच ‘मनोहरा’ विमोचन तथा सार्वजनिकीकरण भएको छ ।
सयौं श्रृङखलाकोे अवसर पारेर कृति विमोचनमा नवसर्जक केशव घिमिरेको उपन्यास ‘रुपिका’ माथि परिचर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जगत उपाध्याय ‘प्रेक्षित’ ले मनोहरा साहित्य समाज आफैंमा गर्विलो साहित्यिक संस्था रहेको भन्दै यसले साहित्यको विविध विधालाई प्राथमिकताका साथ अगाडि बढाएकोमा खुशी व्यक्त गरेका छन् ।
विमोचन कार्यक्रममा कागेश्वर मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आफ्नो नगरभित्र रहेको मनोहरा साहित्य समाजले गरेको योगदानको बारेमा चर्चा गर्दै आफ्नो पिता पनि साहित्यकार भएकोले पारिवारिक रुपमा नै साहित्यमा लाग्न प्रेरणा मिलेको बताए । साथै सो संस्थासंग मिलेर नगर स्तरिय प्रज्ञा प्रतिष्ठान बनाउन कार्यपालिका बैठकले समेत पारित गरिसकेको मेयर कार्कीले बताए ।
कार्यक्रममा लेखक केशब घिमिरेको कृति ‘रुपिका’ माथि वरिष्ठ साहित्यकार महेश प्रसाईले परिचर्चा गर्दै रुपिकाका लेखकको उमेर अनुसार परिपक्क मान्न नसकिने तर युवा पुस्तामा रुचाइएको पुस्तक भएको विश्लेषण गरेका छन् । त्यस्तै ‘मनोहरा’ माथि डा. रमेश शुभेच्छुकले समीक्षा गरेका छन् । पुस्तक माथि समीक्षा गर्दै शुभेच्छुकले सचेत व्यक्तिहरुको टिमले समाजमा चेतना जगाउन यो साहित्यक समाजको सुरु गरेर उदाहरणीय काम गरेको बताए । संस्थाको इतिहास, विधान, चिनारी, फोटो आदि गतिविधिले ‘मनोहरा’ संस्थाको मुखपत्र भएको टिप्पणी समेत गरे ।
नियमित रचना वाचनको सयौं श्रृङखलामा ४ दर्जन कविहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । मनोहरा साहित्य समाजका अध्यक्ष दिल्लीराज अर्यालको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि जगत उपाध्याय प्रेक्षित, कागेश्वर मनोहराका नगर प्रमुख उपेन्द्र कार्की, विशिष्ट अतिथि प्रल्हाद पोखरेल, प्रतिक ढकाल, खेद नाथ चापागाईं, विजय पौडेल, दया प्रसाद उपाध्याय, विमल अर्याल महेश प्रसाइ, शितल गिरी, गंगा भेटवाल, मातृका कार्की लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस