प्रतिक्षा

  • अनलाइन काभ्रे
  • / कविता /
  • २०८१ चैत्र ९, शनिबार (१ महिना अघि)
  • १८४ पटक पढिएको
प्रतिक्षा

तिमी पराल फिजाउ
म भारी बांध्दैछु
तिमी बिस्कुन सुकाउ
म बोरा भर्दैछु
तिमी स्याउला खसाउ
म बिटो कस्दैछु
बस्
तिमी बोकेर त देखाउ
भारी हलौं छ कि गह्रौं
यो त बोके पछि न थाहा हुन्छ
बस्
तिमी बोकेर त देखाउ
बोकी हिंड या दौड
हलौं र गह्रौं त बोके पछि न थाहा हुन्छ

बस्
तिमि बोक्ने तयारी गर
म हेर्ने प्रतिक्षामा छु
बस्
फरक यत्ति छ कि
तिमी बोकेर दौडिन चाहन्छौ
अनि म चैं
तिमीलाई भारीले थिचेको
हेर्न चाहन्छु
थचक्क !
तिमीलाई बोझले किचेको
हेर्न चाहन्छु
कचक्क !
बस् !!!

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस