आन्तरिक पर्यटनको आकर्षण बन्दै “ताराखसे लेक”

  • अनलाइन काभ्रे
  • / कला/संस्कृति /
  • २०८१ भाद्र ५, बुधबार (८ महिना अघि)
  • ३७४ पटक पढिएको
आन्तरिक पर्यटनको आकर्षण बन्दै “ताराखसे लेक”

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ स्थित ताराखसे लेकमा रहेको पोखरीमा धार्मिक घुम्न आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ । केही वर्ष अघिसम्म सुनसान हुने यो ठाउँमा अहिले पर्यटकीय संरचनाहरुको निर्माणसँगै आन्तरिक पर्यटकहरुको भीड बढ्न थालेको हो ।


समुन्द्री सतहबाट २ हजार ५५० मिटर अग्लो ठाउँमा रहेको पोखरी र नजिकै रहेको महादेवस्थानको दर्शन गर्न सकिने यो स्थलमा संघीय सरकारको १ करोड अनुदानमा पूर्वाधार निर्माण भएपछि त्यहाँ घुम्न जानेहरुको संख्यामा वृद्धि भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताएका छन्।


प्रत्येक वर्ष करिब ३ सयभन्दा बढी झाँक्रीहरूले भूमिको रक्षा एवम् अन्नबालीहरुको संरक्षणका लागि यहाँ पूजापाठ गरिँदै आएको स्थानीयहरू बताउँछन् । बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र तीर्थस्थलको रुपमा परिचित बन्दै गएको ताराखसे पोखरीका थुप्रै विशेषता रहेको वडाध्यक्ष धनजित लामा बताउँछन् । जंगलको बीच भागमा रहेको पहाडको थुम्को अनि जमेको पानी पोखरीले सबैलाई लोभ्याउँछ ।


किंवदन्ती अनुसार ताराखसे पोखरी प्राचीन समयमा तारा खसेर खाल्डोको रुपमा परिणत भएको र पछि नागहरु आएर बसेको भनी उल्लेख गरिएको छ । यहाँको पोखरीमा पानी कालो रंगको देखिन्छ तर भाँडामा भरेपछि निकै कञ्चन देखिनु पनि फरक विशेषता बनेको छ । पोखरीमा वरिपरिका पातहरु खसेपनि कहिले पनि तैरिदैनन् । यहाँको महादेवको दर्शन गर्ने र पोखरीमा नुवाउँदा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
पोखरी परिसरमा सयौँ वर्ष पुराना रुखहरु, ताराकुण्ठेश्वर महादेव, सिता पाइला र केही पर हात्तीआहाल, रामलक्ष्मण मन्दिरलगायत धार्मिकस्थलहरु रहेका छन् । संरक्षण र प्रचारको पखाईमा रहेको यस पोखरी अहिले भने ऐतिहासिक, प्राकृतिक एवम् धार्मिकरुपमा चर्चामा आउन थालेको छ । यहाँबाट हिमाली मनोरम दृश्यहरुको अवलोकन पनि गर्न सकिन्छ । विशेषगरि जनैपूर्णिमाका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । उक्त मेला भर्न टाढा- टाढादेखी श्रद्धालुजनहरू आउने गर्दछ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस