3D Innovation Unleashed सम्मेलन हुने

  • अनलाइन काभ्रे
  • / सुचना प्रविधि /
  • २०८१ आश्विन ९, बुधबार (७ महिना अघि)
  • २७४ पटक पढिएको
3D Innovation Unleashed सम्मेलन हुने

काभ्रे । 3D प्रविधि र डिजिटल क्षेत्रमा रुचि राख्नेहरुका लागि Dreams Animation Academy & Studios ले असोज ११ (शुक्रबार) मा 3D सम्मेलन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
बनेपा नगरपालिकाको सहकार्यमा गर्न लागिएको सो सम्मेलन नेपालको पहिलो 3D सम्मेलन भएको जानकारी दिँदै “3D Innovation Unleashed” को मुख्य उद्देश्य 3D प्रविधि र यसको प्रयोगका बारेमा जनचेतना फैलाउने र नयाँ पुस्तालाई नवप्रवर्तनको लागि प्रेरित गर्दै विभिन्न उद्योगका पेशेवरहरूलाई एकै स्थानमा ल्याउने अवसर प्रदान गर्ने बताइएको छ ।
सो सम्मेलनमा सहभागीहरूले 3D डिजाइन, 3D प्रिन्टिङ, फिल्म निर्माण, Augmented Reality (AR), Virtual Reality (VR), Robotics, Artificial Intelligence (AI), Hologram, र Content Creation जस्ता अत्याधुनिक प्रविधिहरूको बारेमा जानकारी दिइने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“3D Innovation Unleashed” लाई सफल बनाउन विभिन्न स्थानीय र राष्ट्रिय स्तरका संगठनहरू Leo Club of Banepa, Rotaract Club of Banepa, Kabhre Multiple Campus, Jazz Productions, Qi Studios, Puppeteer Lounge, र Robotics Association of Nepal रहेका छन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस