आँखा शिविरबाट १ सय ३८ जना लाभान्वित

  • अनलाइन काभ्रे
  • / स्वास्थ्य /
  • २०८१ मंसिर ११, मंगलबार (५ महिना अघि)
  • १४२ पटक पढिएको
आँखा शिविरबाट १ सय ३८ जना लाभान्वित

काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं ९ स्थित ज्याम्दीमा निःशुल्क आँखा शिविर आज (आइतबार) सञ्चालन गरेको छ । उक्त शिविरबाट १ सय ३८ जनाले शिविरको लाभ उठाएका छन् ।
रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोग र भुम्लु गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरमा ५९ जना पुरुष र ७९ जना महिला गरी १ सय ३८ जना लाभान्वित भएको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिएका छन् ।
उपाध्यक्ष तामाङका अनुसार शिविरबाट १३ जना पुरुष र ४ जना महिला गरी १७ जनामा मोतियाबिन्दु समस्या पहिचान भएको र उनीहरुलाई सोमबार र मंगलबार (मंसिर १० र ११ गते) शल्यक्रिया गर्नको लागि पालिकाले ५० प्रतिशत आर्थिक सहयोग गर्ने बताउँदै पालिकाले बाँकी ९ वटा वडामा पनि आँखा शिविर सञ्चालन गर्ने योजना बनाइएको उपाध्यक्ष तामाङले जानकारी दिएका छन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस