२४ घण्टामा थप ९ जना डेंगु संक्रमित

  • अनलाइन काभ्रे
  • / स्वास्थ्य /
  • २०८१ कार्तिक ४, आईतबार (६ महिना अघि)
  • २०५ पटक पढिएको
२४ घण्टामा थप ९ जना डेंगु संक्रमित

काभ्रे । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा २४ घण्टामा ९ जना डेंगु संक्रमित देखिएको छ ।
तथ्यांक अनुसार काभ्रेपलाञ्चोक जिल्लामा ३ सय ३९ डेंगु संक्रमित देखिएको छ । ती मध्ये १ सय ६८ महिला र १ सय ७१ पुरुष छन् । संक्रमण पुष्टी हुनेको संख्या दिनानुदिन बढिरहेको तथ्यांकले देखाएको छ ।
डेंगु संक्रमित बनेपा नगरपालिकामा सबैभन्दा बढी १२८ जना, धुलिखेल नगरपालिकामा ५४ जना, पनौती नगरपालिकामा ६१ जना, पाँचखाल नगरपालिकामा २० जना, नमोबुद्ध नगरपालिकामा १२ जना, मण्डनदेउपुर नगरपालिकामा २२ जना, भुम्लु गाउँपालिकामा २५ जना, रोशी गाउँपालिकामा १० जना, तेमाल गाउँपालिकामा १ जना, बेथानचोक गाउँपालिकामा ३ जना, महाभारत गाउँपालिकामा १ जना, चौंरीदेउराली गाउँपालिकामा २ जना देखिएको छ भने खानीखोला गाउँपालिकामा हालसम्म संक्रमित नदेखिएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको तथ्यांकले जनाएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस