काभ्रे । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार डेंगु संक्रमितको संख्या ३ सय २४ पुगेको छ । ती मध्ये १ सय ६१ महिला र १ सय ६३ पुरुष छन् । संक्रमण पुष्टी हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ ।
डेंगु संक्रमित बनेपा नगरपालिकामा सबैभन्दा बढी देखिएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बनेपा नगरपालिकामा १२० जना, धुलिखेल नगरपालिकामा ५२ जना, पनौती नगरपालिकामा ५७ जना, पाँचखाल नगरपालिकामा २० जना, नमोबुद्ध नगरपालिकामा १२ जना, मण्डनदेउपुर नगरपालिकामा २२ जना, भुम्लु गाउँपालिकामा २४ जना, रोशी गाउँपालिकामा १० जना, तेमाल गाउँपालिकामा १ जना, बेथानचोक गाउँपालिकामा ३ जना, महाभारत गाउँपालिकामा १ जना, चौंरीदेउराली गाउँपालिकामा २ जना देखिएको छ भने अहिलेसम्ममा खानीखोला गाउँपालिकामा संक्रमित नदेखिएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।