‘भोलि तिमीलाई रुन नपरोस्’ बजारमा

  • अनलाइन काभ्रे
  • / मनोरञ्जन /
  • २०८१ चैत्र ११, सोमबार (१ महिना अघि)
  • ७० पटक पढिएको
‘भोलि तिमीलाई रुन नपरोस्’ बजारमा

काठमाडौं । नेपाली संगीत क्षेत्रमा निरन्तर नयाँ नयाँ गीतहरू बजारमा आइरहँदा हालै “भोलि तिमीलाइ रुन नपरोस्” लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ ।
बद्री लोकमालाको नयाँ लोक दोहोरी गीतमा बद्रीप्रसाद सिटौला र पार्वती कार्कीको स्वर, लय र एरेञ्ज सुफिक्स मदनको रहेको यस गीतमा सरला तिमल्सिनाको शब्द रहेको छ ।
त्यस्तै गीतको अडियो मिक्सिङ गोविन्द सोनीले गरेका हुन् भने गीतको भिडियोमा बद्रीप्रसाद सिटौला, पार्वती कार्की, दीपक बस्नेत र मुस्कान घिमिरे लगायतको अभिनय रहेको छ । यस गीतको छायाँकन साजन पराजुलीले र निर्देशन बद्रीप्रसाद सिटौलाले गरेका छन् । विष्णु शर्माको सम्पादनमा तयार भएको यो गीत ई. नेपाल खबर प्रालिले दृश्य निर्माण गरेको हो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस