मिसेस नेपाल वल्र्ड २०२४ का लागि भोट माग्दै माया

  • अनलाइन काभ्रे
  • / मनोरञ्जन /
  • २०८१ कार्तिक ६, मंगलबार (६ महिना अघि)
  • ८९ पटक पढिएको
मिसेस नेपाल वल्र्ड २०२४ का लागि भोट माग्दै माया

काठमाडौं । विवाहित महिलाहरु बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ का लागि दाबेदार माया लामाले भोटको लागि अपिल गरेकी छिन् ।
सुदूरपश्चिमको कैलालीबाट प्रतिनिधित्व गरिरहेकी सौन्दर्यकर्मी लामाको घर कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा रहेको छ । फाइनल राउण्ड प्रवेश गरिसकेकी मायालाई खल्ती एपको भोटिङमा गई मिसेस नेपाल वल्र्ड २०२४ मा गई प्रतियोगी नम्बर २४ मा भोट गर्न सकिनेछ ।
नेपाल बाहिरबाट भोट गर्न डट खल्ती डटकममा गई ब्यानरमा क्लिक गरी भोट नावमा गई मिसेस नेपाल वल्र्ड २०२४ मा मागिएको विवरण र भुक्तानी गर्न सकिने लामाले बताइन् । प्रतियोगिताका हरेक चरण पार गरेकी लामाले मिसेस नेपाल वल्र्ड २०२४ को बिजेता बन्न भोट मागेकी छिन् ।
कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मिस नेपाल वल्र्ड २०२४’ को ग्राण्ड फिनाले आयोजना हुने र विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस