गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न

  • अनलाइन काभ्रे
  • / मनोरञ्जन /
  • २०८१ भाद्र ५, बुधबार (८ महिना अघि)
  • १४६ पटक पढिएको
गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न

काभ्रे । म्युजिक ल्याबकाे आयोजनामा थाइल्याण्डकाे बैंककमा ऐतिहासिक गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ ।

एनआरएनए थाईल्याण्डका अध्यक्ष भबेन्द्र बस्नेतकाे प्रमुख आतिथ्यता तथा म्युजिक ल्याब प्रा.लि.को आयोजनामा थाइल्यान्डको बैंककमा म्युजिक अवार्ड सम्पन्न भएको हाे ।
थाईल्याण्डमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि आमा छोतिङ गाउँपालिकाका अध्यक्ष बुर्चुङ तामाङ रहेका थिए । अवार्ड कार्यक्रममा अवार्ड विजेता पुरस्कार तथा सम्मान प्रदान गरिएको थियोे ।


विभिन्न नृत्य तथा नेपाली गीतहरु प्रस्तुत गरिएको कार्यक्रममा कलाकारहरुलाई प्रमाणपत्रका साथै ट्रफी प्रदान गरिएको थियो ।आयाेजक संस्थाका कार्यक्रम र्निर्देशक विनाेद ढकालले कार्यक्रममा उपस्थित कलाकार टोली विभिन्न राष्ट्रहरु घुम्दै दश दिन पछि नेपाल फर्कने कार्यक्रम रहेको जानकारी दिए ।


नेपाली गीत संगीतको प्रवर्द्धन तथा उत्थान अनि, विकास, संरक्षणका लागि स्थापित भएको संस्था म्युजिक ल्याबकाे आयोजनामा बैंककमा ऐतिहासिक गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कलाक्षेत्रमा नयाँ इतिहास रच्दै भव्य र सभ्य रुपमा सम्पन्न भएको आयोजक संस्थाका लक्ष्मण श्रेष्ठले जनाए । नेपाली गित संगितको क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आईरहेकाे म्युजिक ल्याबले कला र गलाको सम्मान तथा अग्रजलाई सम्मान तथा अनुजलाई प्रोत्साहन स्वरुप गोल्डेन म्युजिक अवार्ड गरेको जानकारी दिदै श्रेष्ठले अवार्डले कलाक्षेत्रका सहि प्रतिभालाई सहि सम्मान प्रदान गर्ने जमर्को गरेको बताए ।
सस्थाले पहिलो पटक सिंगापुर, मलेसिया र थाइल्याण्डमा गरेको अवार्ड कार्यक्रमले अवार्ड सस्तिएको अनि अवमुल्यण भइरहेको अवस्थालाई चिर्ने काम गरेको संस्थाका संचालक एवम् कार्यक्रम संयाेजक विनाेद ढकाल बताउँछन् । गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड वास्तविक हकदारलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
जताततै अवार्ड र सम्मानका कार्यक्रमले अवार्डलाई नै गलत दृष्टिले मूल्यांकन गर्न थालिएको अवस्थामा म्युजिक ल्याबको यो अवार्ड भने बिल्कुलै फरक र विशेष भएको कलाकारहरुले बताए । संस्थाका लक्ष्मण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न ८० भन्दा बढी विधामा अवार्ड प्रदान गर्दै नेपाली कलाक्षेत्रमा उल्लेख्य याेगदान दिने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियोे ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस