बिक्रमको नयाँ लोक दोहोरी “झ्याप्पै माया” बजारमा

  • अनलाइन काभ्रे
  • / मनोरञ्जन /
  • २०८१ श्रावण २७, आईतबार (८ महिना अघि)
  • ३१२ पटक पढिएको
बिक्रमको नयाँ लोक दोहोरी “झ्याप्पै माया” बजारमा

चर्चित लाेक दाेहाेरी गायक बिक्रमजंग शाह नविनतम काेसेली लाेक दाेहाेरी गीत “झ्याप्पै माया” लिएर आएका छन् ।
तीजको माहौल तात्दै गर्दा लोकप्रिय कलाकार बिक्रमजंग शाहको स्मृति गौतमसँग “झ्याप्पै माया” सार्वजनिक भएकाे हो । निकै नै मिठासले भरिपुर्ण गीत  “झ्याप्पै माया” कर्णप्रिय रहेको छ ।
भेट हुँदा नि हे साइली के साह्रो गाह्रो
कि त मेरो मायाले मन मारो
घर त मेरो हे साइली त्यहि पर सिम्ले हो
“झ्याप्पै माया” मारेको तिमले हो
चर्चित कलाकार, चलचित्र निर्माता निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बहुप्रतिभाका धनी बिक्रम जङ्ग शाहले आफ्नो नविनतम कोसेली “झ्याप्पै मायाँ” बजारमा ल्याएका छन् । लोकप्रिय गीत सिर्जना गर्न माहिर विक्रमजंग शाहले बजारमा ल्याएको पछिल्लो कोसेली लोक तथा दोहोरी गीत “झ्याप्पै माया” मा शाहलाई स्मृति गौतमले स्वरमा साथ दिएकी छिन् भने शाह र गौतमको सुमधुर आवाज रहेको “झ्याप्पै माया” मा लय, शब्द, संगीत समेक शाहकै रहेको छ ।
तीज गीतको माहौल अनि दिनहु बजारमा आएका तीज गीतहरुको बजारलाई चिर्दै शाहको “झ्याप्पै मायाँ” बजारमा आएको छोटो समय मै लोकप्रयिता कमाउन थालेको छ । गीतको श्रव्यदृश्य समेत सार्वजनिक भइसकेको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस