सूर्योदयको ४१ औं वार्षिकोत्सव

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८१ फागुन ११, आईतबार (२ महिना अघि)
  • १३४ पटक पढिएको
सूर्योदयको ४१ औं वार्षिकोत्सव

काभ्रे । पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा एसईई सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा २०८० सालमा एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र त्यो गुणस्तरका लागि आभिभावकहरूको पनि उल्लेखनीय भूमिका रहेको बताउँदै एसईइ परीक्षामा राम्रो नतिजा ल्याउँदा पनि सूर्योदयले सरलता देखाएको, उत्ताउलोपन नदेखाएको बताए । कार्यक्रमका पनौती नगरका उपप्रमुख एवं कार्यक्रमका विशिष्ट अतिथि गीता बन्जाराले गुणात्मक शिक्षाका लागि सूर्योदय माध्यमिक बोर्डिङ स्कुलको प्रतिद्धता र सोही अनुसारको कामले नगरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुगेको बताईन् ।

विद्यालयका प्रीन्सिपल सूर्यप्रसाद लाकोजूले अंग्रेजी माध्यममा पढाइने स्कुल विदेशी संस्कार सिकाउने थलो बन्न नहुने बताए । त्यसैगरी कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकार लगायतले शिक्षाको स्तर उकास्न सबै सरोकारवाला पक्षहरू लागिपर्नुपर्ने बताए । कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको आयोजना कार्यक्रममा बिद्यार्थीहरू रिजा मधिकर्मी, रिया केसी, अभिभवककातर्फबाट रमेश तिमल्सिनाले आ-आफ्ना मन्तव्य ब्यक्त गरेका थिए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस