काभ्रे । काठमाडौं विश्वविद्यालयका कुलपति अर्को व्यवस्था नभएसम्म कामु उपकुलपतिको जिम्मेवारी प्रा. डा. अच्युत वाग्लेलाई दिइएको छ ।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रारसमेत रहेका वाग्लेलाई मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट कामु उपकुलपतिको जिम्मेवारी दिइएको पत्र पठाइएको हो।
सम्माननीय प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्णयअनुसार काठमाडौं विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद– ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि उपकुलपतिबाट गरिने सम्पूर्ण काम वाग्लेलाई सुम्पिएको व्यहोरो अनुरोध गरिएको व्यहोरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
आइतबार केयूका उपकुलपति भोला थापाको कार्यकाल सकिएसँगै नयाँ उपकुलपति चयन प्रक्रिया ढिलाइ हुने प्रधानमन्त्रीले वाग्लेलाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको हो ।