काठमाडौं विश्वविद्यालयको २९औ दीक्षान्त समारोह हुने

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८१ भाद्र १३, बिहिबार (८ महिना अघि)
  • २२२ पटक पढिएको
काठमाडौं विश्वविद्यालयको २९औ दीक्षान्त समारोह हुने

काभ्रे । काठमाडौ विश्वविद्यालयको २९औं दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोह भदौ १४ गते हुने भएको छ । दीक्षान्त समारोहका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. भोला थापा लगायतले विश्वविद्यालयको दीक्षान्त समारोहका बारेमा जानकारी गराएका छन् ।
२ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री तथा कुलपति ओली धुलिखेल आउने जानकारी पत्रकार सम्मेलनमा बताइएको छ । २९औं दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रममा स्कुल अफ आर्टस, एजुकेशन, ईन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय १४ जना विद्यार्थी सोहि दिन दीक्षित हुनेछन् । दीक्षित हुने मध्ये १ हजार १ सय ८६ जना अथार्त ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८जना अर्थात ४८.७५ प्रतिशत छात्रा रहेका छन् भने अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत छन् । विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायतको सहभागी रहनेछन् ।
रजिस्ट्रार प्रा.डा. अच्युत वाग्ले, विभिन्न विभागहरु, डिनहरु, प्रवक्ता एक्कुमाया पुन, दिनेश काफ्ले लगायतको उपस्थिति रहेको पत्रकार सम्मेलनमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने सुश्री मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने भाइस चान्सलर स्वर्णपदक प्रदान गर्ने जानकारी समेत गराएको छ ।
त्यसैगरी भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकलका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेकिडल साईन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वर्णपदक सुश्री रनिषा पौडेललाई प्रदान गरिनेछ ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता रहने दीक्षान्त समारोहमा वरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ भने कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको मन्तब्य सहित उपकुलपति प्रा.डा.भोला थापाको स्वागत मन्तब्य पत्रकार सम्मेलनबाट जानकारी दिइएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस