ज्ञानकुञ्जको स्वागत तथा बिदाई

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८१ श्रावण २६, शनिबार (८ महिना अघि)
  • २८१ पटक पढिएको
ज्ञानकुञ्जको स्वागत तथा बिदाई

काभ्रे । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारालाई आत्मसाथ गर्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले शनिबार कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक भएको बताए । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथसाथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि हुने आफूले विश्वास राखेको बताउँदै विद्यालयस्तर देखि नै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचान गरि प्रतिभा प्रस्फुटन गर्न अति आवश्यक देखिएको अध्यक्ष वैद्यले बताए ।
प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्दै कक्षा १२ को परीक्षा उत्तिर्ण भाइबहिनीहरुलाई बिदाईका साथै उज्वल भविष्यको शुभकामना दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाद्वारा विद्यार्थीहरुलाई टिका र खादा प्रदान गर्दै स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यालयका सहायक कलेज प्रमुखले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिस्पर्धामा क्षमता हासिल गर्न सामाजिक, सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने आशाका साथ शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सभापतित्व ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यले गरेका छन् ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस