मदरल्याण्डमा शिक्षकलाई “सिकाउनलाई पढौँ !”

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८१ श्रावण ३, बिहिबार (९ महिना अघि)
  • ३२० पटक पढिएको
मदरल्याण्डमा शिक्षकलाई “सिकाउनलाई पढौँ !”

भक्तपुर । “सिकाउनलाई पढौं” भनने अवधारणाले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विद्यालय मदरल्याण्ड स्कूलले आफ्ना विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरेको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ९ भक्तपुरमा अवस्थित मदरल्याण्ड स्कुलले आफ्ना शिक्षकहरुलाई “सिकाउनलाई पढौँ !” अभियानलाई सार्थक बनाउन र पठन संस्कृति विकासको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरी मदरल्याण्डमा कार्यरत ४२ जना शिक्षकहरुलाई अभिमुखिकरण दिएको हो ।


प्रशिक्षकद्वय हरिहर तिमिल्सिना र सुदर्शन घिमिरेले दुई चरणमा प्रशिक्षण दिएको अभिमुखिकरणमा प्रशिक्षक हरिहर तिमिल्सिनाले एक शिक्षकले कम्तीमा महिनाको एउटा किताब पढ्नै पर्ने सन्दर्भ जोड्दै किताबले नै शिक्षकको सक्षमता बढाउने, जसले गर्दा विद्यार्थीहरुमा पनि पढ्ने हौसला प्रदान हुने बताए ।
अर्का प्रशिक्षक सुदर्शन घिमिरेले किताब यस्तो औषधि हो जसको निरन्तर अध्ययनले मानिसलाई नयाँ जीवन प्रदान गर्ने र व्यवहारिक जीवनमा आइपर्ने तनावलाई समेत हटाउन मद्दत गर्ने बताउँदै प्रत्येक शिक्षकले हरेक दिन समय तालिका बनाई किताब पढ्ने बानी बसाल्नु पर्ने कुरामा जोड दिए ।


सिकाउनलाई पढ्नु पर्ने बताउँदै विद्यालयका प्रिन्सिपल संजय खड्काले शिक्षकले समयसँगै आफ्नो योग्यता र क्षमतालाई परिस्कृत गर्न सके मात्र अहिलेका बालबालिकाहरुलाई सिकाउन सकिने बताए । शिक्षकले सिकाई क्रियाकलापका लागि पहिला आफू अध्ययनशील हुनु पर्ने र अतिरिक्त किताबहरु पढ्ने गर्नु पर्दछ भन्ने उदेश्यले मदरल्याण्ड स्कुलमा “सिकाउनलाई पढौँ” अभिमुखीकरण कार्यक्रम राखिएको स्कुलका प्रिन्सिपल खड्काले जानकारी दिए ।
खड्का भन्छन्,–“सिकाउनलाई पढौं अभियान सञ्चालन गर्दा शिक्षकले आफ्नो पेसामा आधारित ज्ञानलाई बढोत्तरी गर्नुका साथै चौतर्फी सक्षमता संकलन गर्न सक्छ । महिनाको एउटा मात्रै किताब पढ्ने हो भने पनि एक वर्षमा १२ वटा किताब पढ्दा शिक्षकको कार्यशैलीमा निकै परिवर्तन हुन्छ । शिक्षकको प्राप्त गरेको ज्ञानको प्रतिबिम्ब र प्रभाव हरेक विद्यार्थी र कक्षामा पर्छ । जसबाट विद्यार्थीले प्रत्यक्ष रूपमा फाइदा लिन सक्छन् । तसर्थ आज मदरल्याण्ड स्कुलका सबै शिक्षकहरुले किताब पढ्ने सामुहिक प्रतिवद्धता जनाएका छन् ।”

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस