काभ्रे । काभ्रे बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको इन्भाइरोमेन्टल÷सेफगार्ड डेक्सको आयोजनामा सोमबार जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
क्याम्पसको सहायक प्राध्यापक कृष्ण प्यारी नकर्मीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा दिगो विकास लक्ष्यका निर्देशक दया सागर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै दया सागरले उद्योगको अधिकतम विकास , घट्दो कृषि व्यवसाय, प्राकृतिक रुपमा भए÷गरेको धातु आदीको उत्खनन्, प्राकृतिक स्रोत साधनको व्यापक दोहोन जस्ता विभिन्न कारणले जलवायु परिर्वतन भइरहेको बताए । जलवायु परिवर्तनले निम्ताएको समस्या समाधानका लागि सम्बधित सरोकारवाला निकायहरुसँग छलफल पनि भइरहेको उनले जानकारी गराए ।
कार्यक्रमका सभा अध्यक्ष कृष्ण प्यारी नर्कमीले जलवायु परिर्वतन, यसको असर, यसकारण भएका समस्या निराकरणका उपायका विषयमा विद्यार्थीहरुसँग छलफल कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता पनि दिने बताइन् । कार्यक्रममा सो विषयमा रहेर विद्यार्थीहरुले सवाल जवाफ गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख के.जी बैदारले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ, अर्चना हाडा, श्रीकृष्ण बजगाई, कृपेन्द्र श्रेष्ठ, प्राध्यापक, शिक्षक÷शिक्षिका, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।