ज्वाईंद्वारा सासुको हत्या

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८१ पौष ७, आईतबार (४ महिना अघि)
  • ७३ पटक पढिएको
ज्वाईंद्वारा सासुको हत्या

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं २ का २८ वर्षीय सुक बहादुर तामाङलाई सासुको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार गत मंसिर ३० गते मण्डनदेउपर नगरपालिका वडा नं १ गैरीगाउँ घिसिङ टोल बस्ने वर्ष ५२ की तिनमाया तामाङ आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको आधारमा सुक बहादरलाई पक्राउ गरेको जानकारी दिए ।
अनुसन्धानका क्रममा सुक बहादुर तामाङलाई मृत्तक सासु आमा तिन माया तामाङले काम नगर्ने भनि सधै गाली मात्र गरिरहने र सो दिन पनि गाली गरेकोले सासु आमा तिन माया तामाङलाई मुक्का प्रहार गरी कुटी टाउको थाममा ठोक्काई कर्तव्य गरेको कुरा खुलेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस