काभ्रे । काभ्रेकाे नमाेबुद्द नगरपालिका वडा नम्बर ०७ मा छाेराले बुवाकाे हत्या गरेका छन् ।
गत कार्तिक ८ गते वर्ष ७४ काे बल बहादुर श्रेष्ठलाई आफ्नै जेठा छाेरा वर्ष ४४ का रामलाल श्रेष्ठले सम्पत्तिको निहुमा भनाभन हुँदा हसियाले प्रहार गरि हत्या गरेका हुन् । उनलाई प्रहरीले कार्तिक २३ (शुक्रवार) गते प्रकाउ गरेका हुन् ।
प्रहरीका अनुसार कार्तिक ८ गते (बिहीबार) छोराले बुबासँग अंश माग्दा बुबाले अंश दिन ईन्कार गरी भाईहरुलाई पनि बोलाए पछि मात्र अंश दिने कुरा भएपछि बुबा-छोरा विच भनाभन भई छोराले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी बुबाको छेउमा रहेको हँसियाले टाउकोमा ४/५ पटक प्रहार गरेपछि नजिकै रहेको ढोकामा लगाउने आग्लोको रुपमा प्रयोग गर्ने गरेको फलामको गल निकाली प्रहार गर्दा बुबा भुँईमा ढलेको र सोही समयमा गलले घाँटी थिचेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।