ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी तथा खरिद गर्ने पक्राउ

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८१ श्रावण २७, आईतबार (८ महिना अघि)
  • ७१ पटक पढिएको
Post Thumbnail

काभ्रे । काभ्रे जिल्लाको विभिन्न स्थानमा रहेका ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने तथा खरिद गर्ने गिरोहका १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रे जिल्लाको भुम्लुदेखी नमोबुद्ध नगरपालिकासम्म विभिन्न स्थानमा रहेका ६ वटा ट्रान्सफर्मर डेढ महिनाको अवधीमा निकालेर त्यसको तार चोरी भएको जिल्ला प्रहरी कार्यालयक काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा दोलखा जिल्लाका २४ वर्षीय प्रेम मिजार, २४ वर्षीय जगन्नाथ बस्नेत, २७ वर्षीय सुनिल ढकाल, २१ वर्षीय प्रविण बस्नेत, ३० वर्षीय दिकुल खत्री, २२ वर्षीय प्रल्लाद बस्नेत, सिन्धुपाल्चोक जिल्लाको २८ वर्षीय कुमार बि.क, ४२ वर्षीय राजेश बि.क, २२ वर्षीय सन्तोष बि.क र काभ्रेपलाञ्चोक जिल्लाको ४५ वर्षीय विष्णु बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षकका अनुसार चोरी गरेको सामानहरु बा १ व ७८३४ नं. को माईक्रो भ्यानको प्रयोग गरी भक्तपुर जिल्लाका विभीन्न कवाडी पसलमा लगि बेच्ने गरेको प्राप्त सूचना पश्चात् उक्त भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गिरोहले खानेपानी र सिन्चाईका लागि विद्युत प्रवाह गर्न प्रयोग गरिने ट्रान्सफर्मरलाई आफ्नो निशाना बनाउने गरेको र ट्रान्सफर्मर निकाल्दा तत्कालै स्थानीयले थाहा नपाउने हुँदा ट्रान्सफर्मरको तार निकालेर कवाडीलाई बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी चौकी भकुण्डेवेशी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न ७ जनालाई पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछ गर्ने क्रममा चोरी गरेका तामाका तारहरु भक्तपुर जिल्ला स्थित विभिन्न कवाडी पसलमा बेच्ने गरेको पाइएपछी जिल्ला प्रहरी कार्यालय काभ्रे, इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी वृत जगाती भक्तपुरको संयुक्त टोलीले गिरोहमा संलग्न थप ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस