वन जंगलमा आगजनी गरेको अभियोगमा ५ जना पक्राउ

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८१ बैशाख २२, शनिबार (११ महिना अघि)
  • १८५ पटक पढिएको
वन जंगलमा आगजनी गरेको अभियोगमा ५ जना पक्राउ

काभ्रे – वन जंगलमा आगजनी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेले ५ जनालाई पक्राउ गरेको छ । वन जंगलमा आगजनीका घटना बढ्दै गएको र यसको नियन्त्रण तथा अनुसन्धान गर्ने क्रममा विभिन्न मितिमा प्रहरी ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

२०८० साल चैत्र २८ गते मण्डनदेउपुर नगरपालिका वडा नं ११ स्थित तर्किनीटार सामुदायिक वनमा आगजनी गरेको अभियोगमा स्थानीय ३१ वर्षीय मैते तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । उनी विरुद्ध जिल्ला वन कार्यालय काभ्रेबाट मुद्धा चलाइएको छ ।

त्यस्तै, २०८० साल चैत्र २८ गते पाँचखाल नगरपालिका वडा नं ५ स्थित रातमाटे सामुदायिक वनमा आगजनी गरेको अभियोगमा प्रहरीले स्थानीय २५ वर्षीय विकास भुजेल र सबिन सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । कार्यालयका अनुसार, उनीहरु विरुद्ध जिल्ला वन कार्यालय काभ्रेले मुद्धा चलाएको छ ।

२०८१ वैशाख ४ गते नमोबुद्ध नगरपालिका वडा नं १ स्थित कासकोट सामुदायिक वनमा आगजनी गरेको अभियोगमा प्रहरीले स्थानीय ८० वर्षिया आइत माया तामाङलाई पक्राउ गरेको छ ।

२०८१ वैशाख २० गते चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थित आरुबोट सामुदायिक वनमा आगजनी गरेको अभियोगमा स्थानीय ४९ वर्षीय लाल कुमार सेन ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीले सम्झाई–बुझाई छाडेको प्रहरीले जानकारी दिएको छ ।

वन जंगलमा आगजनी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

 

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस