काभ्रे । रोशी गाउँपालिका वडा नम्बर ५, नागवेलिस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्त मालाको बोट अज्ञात समुहले काटेको छ ।
ईलाका प्रहरी कार्यालय मंगलटारका अनुसार राती अन्दाजी १ बजे १५/२० जनाको समुह आइ बुद्धचित्तको बोट काटेको र घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको जनाएको छ भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपि) राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।
फोटो: साभार