काभ्रे । पिपुल्स साकोस काभ्रेपलाञ्चोकको आयोजना तथा व्यवस्थापनमा बनेपामा साकोस पूर्व नेतृत्व तालिम सम्पन्न भएको छ ।
तालिम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोग एवं सहजिकरणमा संचालन भएको एक दिवसीय साकोस पूर्व नेतृत्व तालिममा सल्लाहकारहरु, समिति, उपसमिति, उच्च व्यवस्थापनका कर्मचारीहरु सहित २६ जनाको सहभागितामा तालिम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन संस्थाका प्रमुख सल्लाहकार नवराज के.सी. गरेका छन् भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पवनराज कर्णजीतले गरेका छन् । तालिम संयोजन कपिल प्रसाद दुलाल र प्रतिवेदन तयारीको जिम्मेवारी द्वारीका गौतमले गरेका छन् ।
सहजकर्ताका रुपमा नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहकारी सिद्धान्तमा आधारित रही नीति विधि पद्धति अनुरुप आफ्ना कार्यक्रम तथा कारोबारहरु संचालन गर्नुपर्ने साथै अन्र्तराष्ट्रिय राम्रा र असल सहकारी अभ्यासबाट नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने, सदस्यहरुको आर्थिक, सामाजिक र संस्कृतिक कृयाकलापमा सहकारी भूमिका बढाउँदै जानुपर्नेमा जोड दिएका छन् ।
तालिमको अध्यक्षता संस्थाका अध्यक्ष निरन शाक्यले धन्यवाद ज्ञापन व्यक्त गर्दै तालिम अपेक्षा अनुरुप सञ्चालन भएको धारणा राखेका छन् । कार्यक्रम सञ्चालन संस्थाका सचिव देवेन्द्र श्रेष्ठले गरेका थिए ।