रोशीमा विशेष गाउँ सभा

  • अनलाइन काभ्रे
  • / अर्थनीति /
  • २०८१ कार्तिक ३०, शुक्रबार (५ महिना अघि)
  • २२७ पटक पढिएको
रोशीमा विशेष गाउँ सभा

काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा विशेष गाउँ सभा सञ्चालन गरिएको छ । असोजको दोस्रो साता आएको बाढी र पहिरोले रोशी गाउँपालिकामा ठूलो क्षति भएकोले विपदको लागि बजेट व्यवस्थापन गर्न आज (शुक्रबार) विशेष गाउँ सभा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए ।
सभालाई सम्बोधन गर्दै बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धि ऐन २०७५ को दफा ३ को उपदफा १ बमोजिम रोशी गाउँपालिकाको गाउँ सभाको विशेष अधिवेशन राखिएको बताए । गाउँपालिकाको १५औं अधिवेशनले पारित गरेको महत्वपूर्ण योजना बाहेक सामान्य योजनाहरु कटौती गरेर विपद व्यवस्थापन गर्नको लागि योजना तयार गर्नका लागि विशेष गाउँ सभा राखिएको अध्यक्ष लामाको भनाई थियो ।
पालिकाका अध्यक्ष लामाका अनुसार गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पालिकाका क्षतिग्रस्त क्षेत्रका नागरिकका लागि राहत, पुनःस्थापन र पुनर्निर्माणको लागि बजेट व्यवस्थापन गर्नको लागि सञ्चालन गरिएको गाउँ सभाको विशेष अधिवेशनले साधारण योजनाहरु कटौती गरेर विपद व्यवस्थापनको योजना बनाइनेछ ।
गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइबाले १५औं अधिवेशनले जे–जति योजनाहरु विनियोजन गरेको थियो, असोजको दोस्रो साता आएको बाढी÷पहिरोले त्यसको प्राथमिकरणमा केही फेरबदल भएको भन्दै फेरबदल भएका योजनाहरुलाई सम्बोधन गर्न अधिवेश बोलाइएको हो, अहिले बाढी÷पहिरोले भएको क्षतिलाई विशेष प्राथमिकतामा राखेर योजनाहरु निर्माण गर्ने गाउँ सभा गर्नुको प्रमुख उद्देश्य रहेको बताए ।
यस अघिको गाउँ सभाले आर्थिक वर्ष २०८१/८२ को लागि ६९ करोड २० लाख ९८ हजार रुपैंया बजेट विनियोजन गरेको थियो, अहिले त्यसलाई घटाएर ६५ करोड ७७ लाख ९८ हजारमा पु¥याएको सभामार्फत् जानकारी दिँदै विनियोजन गरेको योजनाहरुलाई संशोधन गरी २ करोड ८० लाखको विपद व्यवस्थापन भनेर कोष निर्माण गरिएको उपाध्यक्ष वाइबाले जानकारी दिए । विपद कोषमा १ लाख ३५ हजार रुपैया थियो भने १५ औं अधिवेशनले कोषमा ५० लाख रुपैंया कोषमा विनियोजन गरेको थियो भने विपदको समयपछि भने केन्द्र, प्रदेश र विभिन्न संघ÷संस्थाको सहयोगमा १ करोड ४८ लाख ५७ हजार रुपैंया विपद कोषमा जम्मा भएको र अहिलेको विशेष गाउँ अधिवेशनले उक्त कोषमा ५० लाख बजेट विनियोजन गरेको बताए ।
पालिका उपाध्यक्ष वाइबाले उक्त कोषमा भएको बजेट स्वास्थ्य, तथ्याङक संकलन, राहत वितरण लगायतका विविध शिर्षकका लागि विनियोजन गरिएको छ । विपदले क्षति पु¥याएको पूर्वाधारको पुर्नःनिर्माणका लागि १ करोड रुपैंैया बजेट विनियोजन गरिएको छ । यसका साथै १५ औंै अधिवेशनबाट विनियोजन भएका अन्य विविध शिर्षकहरुलाई पनि संशोधन गरिएको बताए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस