शेयर धितो कर्जामा लाग्दै आएको सिमा हट्यो

  • अनलाइन काभ्रे
  • / अर्थनीति /
  • २०८१ श्रावण ११, शुक्रबार (९ महिना अघि)
  • २७० पटक पढिएको
शेयर धितो कर्जामा लाग्दै आएको सिमा हट्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जामा लाग्दै आएको सिमालाई हटाएको छ। लगानीकर्ताहरुको हितमा भएको यो परिवर्तन अर्थमन्त्री बिष्णु पौडेल र गर्भनर महाप्रसाद अधिकारीबीचको लामो छलफलको परिणाम हो।

आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा शेयर कर्जामा ४ करोड र १२ करोड रुपैयाँको सिमा लगाइएको थियो। तर, नयाँ मौद्रिक नीतिमा यो सिमा हटाएर लगानीकर्ताहरुको सुविधा र अवसरलाई बढावा दिइएको छ।

नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङलाई प्रोत्साहन गर्ने नीति अपनाएको छ। यस अन्तर्गत हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिएको छ। साथै, पूँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सिमा पनि खारेज गरिनेछ।

यो परिवर्तनले पूँजीबजारमा लगानीको वातावरणलाई सुधार गर्न र लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस