मनकामना साकोसको अध्यक्षमा घिमिरे

  • अनलाइन काभ्रे
  • / अर्थ/व्यवसाय /
  • २०८१ कार्तिक १०, शनिबार (६ महिना अघि)
  • २६१ पटक पढिएको
मनकामना साकोसको अध्यक्षमा घिमिरे

काभ्रे । मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को २९औं वार्षिक साधारणसभा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण दाहालले वार्षिक प्रतिवेदन, सचिव होमनाथ ढुंगेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले वार्षिक आयव्यय विवरणका साथै आगामी वर्षको लागि बजेट प्रस्तुत गरेका छन् भने लेखा समिति संयोजक मोटुप्रसाद सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सभामा आ.व. २०८०÷८१ मा संस्थाका सेयर सदस्य ९ हजार १ सय १९ पुगेको छ । त्यस्तै सेयर पुँजी २५ करोड ३६ लाख १६ हजार ६ सय, जगेडा कोष ११ करोड ७८ लाख ३८ हजार ९ सय ४९, निक्षेप १ अर्ब ८३ करोड ८२ लाख ८४ हजार २ सय ६६ रुपैयाँ ८५ पैसा रहेको छ ।


२९औं वार्षिक साधारणसभाले गोपालप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, कोषाध्यक्ष विकास शर्मा तिमल्सिना र सदस्यहरुमा मुक्तिनाथ तिमल्सिना, लक्ष्मणप्रसाद पौडेल, सुधा दाहाल, रञ्जु दाहाल, शोभा गौतम, राजेश तिमल्सिना र सूर्यप्रसाद काफ्ले, लेखा तथा सुपरीवेक्षण समितिमा लेखा संयोजक देवप्रसाद कोईराला र सदस्यहरुमा सुन्दर श्रेष्ठ, कमला सापकोटा चयन भएका छन् ।
साधारण सभामा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक उपेन्द्र दाहाल, समृद्धि सहकारीका अध्यक्ष साधुराम दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा गायक धनपति दाहालले गीत प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस