सिद्धार्थ बैंक र मिराबेल रिसोर्टबीच सम्झौता

  • अनलाइन काभ्रे
  • / अर्थ/व्यवसाय /
  • २०८१ भाद्र २३, आईतबार (७ महिना अघि)
  • २७३ पटक पढिएको
सिद्धार्थ बैंक र मिराबेल रिसोर्टबीच सम्झौता

काभ्रे । सिद्धार्थ बैंक र काभ्रेको धुलिखेलमा रहेको मिराबेल रिसोर्ट एण्ड होटेल प्रालि बीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाइँ सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस