निःशुल्क रुपमा रगत उपलब्ध गराउन बनेपा नगरपालिका र नेरेसो बिच सम्झौता

  • अनलाइन काभ्रे
  • / समाज /
  • २०८१ मंसिर १९, बुधबार (४ महिना अघि)
  • ३१२ पटक पढिएको
निःशुल्क रुपमा रगत उपलब्ध गराउन बनेपा नगरपालिका र नेरेसो बिच सम्झौता

काभ्रे । बनेपा नगरपालिका र नेपाल रेडक्रस सोसाईटी काभ्रे जिल्ला शाखा (रक्त सञ्चार सेवा) विच सम्झौता भएअनुसार बनेपा नगरबासीलाई निशुल्क रगत उपलब्ध हुने भएको छ ।
सम्झौतामा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटाको रोहबरमा प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देबेन्द्र भैलले हस्ताक्षर गरेका छन् ।

रगत तथा रक्त तत्व आवश्यक पर्दा रक्तसञ्चार केन्द्रले बनेपा नगरपालिकाका स्थायी बासिन्दालाई रगत उपलब्ध गराउने, रगतको सेवा लिनुपर्ने वा लिएका ब्यक्ति बनेपा नगरपालिकाको स्थायीबासिन्दा भएको प्रमाण चाहिए, आपतकालिन रगत लिनु पर्ने भए सम्बन्धीत ब्यक्तिले आवश्यक कागजपत्र नपुगेमा भुक्तानी गरी प्रदान गरिने छ र पछि कागजपत्र उपलब्ध गराएपछि रकम फिर्ता गरिने नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति भैलले जानकारी गराएको छ ।
यसबाट रगत किन्न नसकी उपचारमा समस्या हुने आम नागरिकहरूलाई सहज हुने नगरप्रमुख शाक्यले बताए ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस