राहत वितरण गर्दै नेपाल रेडक्रस काभ्रे

  • अनलाइन काभ्रे
  • / समाज /
  • २०८१ मंसिर ८, शनिबार (५ महिना अघि)
  • १७८ पटक पढिएको
राहत वितरण गर्दै नेपाल रेडक्रस काभ्रे

काभ्रे । गत असोज १० देखि १२ गतेसम्म गएको बाढी पहिरो पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले राहत रकम उपलब्ध गराउने भएको छ ।
काभ्रे जिल्लाको पनौती नगरपालिकामा र बेथानचोक गाउँपालिकाको वडा नं. २ र ४ मा पिडितहरुलाई राहत रकम वितरण गरिँदै आएको नेरेसोका कार्यक्रम संयोजक विनोद लामिछानेले जानकारी दिए । बेथानचोक गाउँपालिकामा १ सय ५ जना र पनौती नगरपालिका गरी जम्मा १५ सय प्रभावितहरुलाई रकम वितरण गर्ने तयारी गरिएको छ ।
संयोजक लामिछानेका अनुसार ५ सदस्य रहेको घरपरिवारलाई १५ हजार र ५ भन्दा बढी रहेको घरपरिवारलाई २० हजार दिने सरकारको योजना अनुरुप रेडक्रसले पनि राहत वितरण कार्यक्रम अगाडि सारेको बताए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी काभ्रेले २० वटा खानेपानीमा २० लाख बराबरको मर्मत सुधारका खानेपानीका कार्यक्रम, ५० भन्दा बढी स्वयंसेवकहरुलाई स्वास्थ्य र सरसफाईमा सूचना सामग्री सहित प्रभावित क्षेत्रमा खटाइएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस