काभ्रे । गत असोज १० देखि १२ गतेसम्म आएको बाढीपहिरोबाट पिडित बनेकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडो महिना सुरु भएसँगै बाढी पहिरो प्रभावितलाई केही राहत मिलोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको हो ।
बाढीपहिरोबाट पीडित बनेका स्थानियहरुलाई युनाइटेड अरब इमेरेटसको राजदुताबास अन्तर्गत रहेको च्यारिटि फन्ड अन्तर्गतको न्यायो कपडा बितरण गरिएको छ ।
पनौती उद्योग वाणिज्य संघको पहलमा करिब ४० लाख बराबरको लत्ता कपडा बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाको विभिन्न वडाहरुका ५ सय घरपरिवारलाई वितरण गरिएको हो । पनौती वडा नं. १ का वडाध्यक्ष जयबहादुर लामा, १२ का वडाध्यक्ष जयराम केसी, बेथानचोक गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णबहादुर पाख्रिनको उपस्थितिमा वितरण गरिएको हो ।
वितरण कार्यक्रममा पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, सचिव महेश पौडेल, नेपाल पत्रकार महसंघका पूर्व अध्यक्ष इश्वरी ओझा, युनाइटेड अरब इमेरेटसको राजदुताबास अन्तर्गत रहेको च्यारिटि फन्ड अन्तर्गतका प्रतिनिधि लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो ।