मुख्यमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्र बेथानचोकको अवलोकन

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ मंसिर १, शनिबार (५ महिना अघि)
  • २४२ पटक पढिएको
मुख्यमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्र बेथानचोकको अवलोकन

काभ्रे । आज (शनिबार) बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढीपहिरोले अति प्रभावित काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न स्थानको अवलोकन गरेका छन् ।
मुख्यमन्त्री लामालाई गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायत जनप्रतिनिधीहरुले पालिकाको क्षति र अहिले भइरहेको राहत वितरण लगायत विषयमा जानकारी गराएको छ । अवलोकनपछि मुख्यमन्त्री लामाले पुनर्निर्माणका काममा प्रदेश सरकारले सहयोग गर्ने बताए ।
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ७८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७८ जनाको मृत्यु र ७५ जना घाइते छन् । ५ जना अझै बेपत्ता छन् ।
पालिकाअनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७, रोशीमा १२, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमध्ये १६ जना बालबालिका रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस