काभ्रे । बनेपा नगरपालिका वडा नं. १० मा अमेरिकन डलरसहित २ जनालाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ ।
सेतीदेवी मन्दिरको जङगलमा दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं. ४ बस्ने अंन्दाजी १७ वर्षका सुस्मित महतलाई २/३ दिन अगाडि देखी अमेरिकन डलर साटने भनि नियमित रुपमा फोन गर्ने गरेको प्राप्त सूचनामार्फत् पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ बस्ने वर्ष २० को दिपक तामाङ र वर्ष ३० को ज्वाला तामाङलाई ५० अमेरीकन डलरको ५ वटा नोटले छेउछेउमा राखी बिचमा उक्त डलर आकारको कागजको टुक्रा काटी उक्त कागज डलरको विचमा राखेको १ बन्डल जम्मा डलर २ सय ५०, मोबाइल २ थान, बा.प्र. ०२-०३५ प ८००२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।