सशस्त्र प्रहरी निरीक्षक बडुवालप्रति शोक सभा

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ कार्तिक ११, आईतबार (६ महिना अघि)
  • ३९८ पटक पढिएको
सशस्त्र प्रहरी निरीक्षक बडुवालप्रति शोक सभा

काभ्रे । असोजको दोस्रो सातामा आएको बाढी र पहिरोमा परेका प्रभावितको उद्धार तथा राहतमा खटिएका सशत्रका प्रहरी निरीक्षक ४२ वर्षीय दिल बहादुर बडुवालको निधनमा शोक सभा गरिएको छ ।
बडुवालको १३ औं पुण्य तिथिमा शनिबार सशत्र प्रहरी बल नेपाल नं १५ गणमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा जिल्ला स्थित जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानिय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुले शोक व्यक्त गरेका थिए ।


श्रद्धाञ्जली सभामा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायतले बडुवालले सुरक्षा क्षेत्रमा पु¥याएको योग्दानको बारेमा चर्चा र प्रशंसा गरिएको थियो । बर्दिया घर भएका बडुवाल हाल काभ्रेको आइटिकी पार्कमा सञ्चालन गरिएको सशस्त्र प्रहरी अस्थाई मनसुन तथा प्रकोप व्यस्थापन बेसको कमाण्डरको रुपमा कार्यरत थिए । असोजको दोस्रो सातामा आएको बाढी र पहिरोले क्षति पु¥याएको काभ्रेको विभिन्न स्थानमा उनको कमाण्डमा विपद उद्धार तथा राहत व्यवस्थापन कार्यहरु गरिएको थियो ।
विपदको उद्धार र राहत व्यवस्थापनमा खटिएका बढुवाललाई असोज २६ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जिल्ला स्थित धुलिखेल अस्पताल पठाइएको सशत्र प्रहरी बल नेपाल नं. १५ गणका गणपति प्रहरी उपरीक्षक प्रेम प्रशाईले बताए । उनका अनुसार, धुलिखेल अस्पतालमा उपचार सम्भव नभएपछि बडुवाललाई काठमाडौं स्थित सशत्र प्रहरी अस्पताल बलम्बुमा पठाइएको थियो । उनको उपचारमा असोज २८ गते बिहान ८ः०० बजेको समयमा निधन भएको थियो । सशत्र प्रहरी बल नेपाल नं १५ गणका गणपति प्रहरी उपरीक्षक प्रेम प्रसाईले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस