काभ्रे । बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक खण्डमा सवारी आवागमन बन्द गरिने भएको छ ।
यात्रा सरल र सुरक्षित बनाउन डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरी आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ । काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।