खानीखोलामा हेलिकप्टरमार्फत डिजेल ढुवानी

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ आश्विन २३, बुधबार (६ महिना अघि)
  • २८८ पटक पढिएको
खानीखोलामा हेलिकप्टरमार्फत डिजेल ढुवानी

काभ्रे । असोज १० गतेदेखि १२ गते सम्म लगातार परेकोे अविरल वर्षासँगै आएको बाढीपहिरोले खानीखोला गाउँपालिका जाने सडकखण्डहरुमा क्षति पुर्‍याएपछि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी तत्कालका लागि डिजेल आपूर्तिको व्यवस्था गरेको छ ।

सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी गरिएको हो । अविरल वर्षाको कारणले क्षति भइ अवरुद्ध भएका गाउँपालिका भित्र रहेको सडक खण्डहरु पुनर्निर्माण, सरसफाई तथा मर्मतका लागि डिजेल पुर्‍याइसकेको छ । गाउँपालिका सम्म पुग्ने सडकहरु बाढीपहिरोका कारण क्षति भएकोले आज (बुधबार) २ हजार लिटर डिजेल नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरी गाउँपालिका पुर्‍याइएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले जानकारी दिएका छन् ।

अध्यक्ष थिङको निरन्तर प्रयास पछि गाउँपालिकामा हेलिकोप्टरमार्फत डिजेल लैजाने सफल भएको हो । २ हजार लिटर डिजेलको साथमा ५० थान ब्लाङ्केट, ५० थान त्रिपाल र ५० पिस म्याट गाउँपालिकामा लगेको अध्यक्ष थिङले जानकारी दिएका छन् ।
गाउँपालिकामा बागमती नदिले बगाएर र पहिरोले पुरिएर २ जनाको मृत्यु हुनुका साथै ३८ घर पूर्ण क्षति, ५० घर आंशिक क्षति, सिंचाई २४ वटा खानेपानी ३० वटा, खेत ३ हजार रोपनी बारी १ हजार रोपनी, लघु जलविद्युत ७ वटा पूर्ण क्षति, गोठ ४० वटा, सिक्रेदोभान पुलमा २ वटा स्काभेटर क्षति, झोलुङ्गे पुल २ वटा विनाश भएको पालिकाले जनाएको छ ।
गाउँपालिकाको केन्द्र र वडा केन्द्र जोड़ने एवं प्रदेश तथा जिल्ला सदरमुकाम जोड्ने सबै सडकहरू गरेर करिव ३०० कि.मी. सड़क पूर्ण रूपले क्षति भई आवत जावत पूर्ण रूपमा बन्द भएको छ । बागमती नदी तथा पहिरोको कारण ५० भन्दा वढि विद्युतको पोलहरू ५ हजार मिटर तार सहित बगाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस