विपी कोइरालाको नवनिर्मित पूर्णकदको प्रतिमा अनावरण

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ आश्विन ५, शनिबार (७ महिना अघि)
  • २३३ पटक पढिएको
विपी कोइरालाको नवनिर्मित पूर्णकदको प्रतिमा अनावरण

|module: a; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 78.0; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

काभ्रे । काभ्रेको धुलिखेलमा जननायक विश्वेश्वर प्रसाद कोइरालाको नवनिर्मित पूर्णकदको प्रतिमा अनावरण गरिएको छ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आज (शनिबार) जननायक विश्वेश्वर प्रसाद कोइरालाको नवनिर्मित पूर्णकदको प्रतिमा अनावरण गरेका हुन् ।


पूर्वप्रधानमन्त्री देउवाले दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको बताउँदै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको बताए ।
एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई, तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुसी भएको पूर्वप्रधानमन्त्री देउवाले बताउँदै कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको बताए ।
सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाई थियो । पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले निर्देशन दिए । सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिष्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पु¥याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व केन्द्रिय महामन्त्री डा.सशांक कोइरालाले देश विकासमा वि.पी कोइरालाले पु¥याएको योगदानलाई स्मरण गर्दै वी.पीलाई पुजेर मात्र हुदैंन, वी.पीको विचार सम्मान गर्दै वी.पीको पदमार्गमा हिंड्न आग्रह गरे । युवाहरुलाई प्रोत्साहन गर्दै युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्न काँग्रेस प्रतिबद्ध रहेको बताए ।

वी.पीको प्रतिमा अनावरण समारोहलाई गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले वी.पी राजमार्गमा गाडी मात्रै गुड्दैनन्, वी.पीका विचार पनि आत्मसाथ गरेर हिंड्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस उपसभापति रमेशप्रसाद हुमागाईं, महासमिति सदस्य दावा लामा, जिल्ला समिति सदस्य समिता न्यौपाने बजगाईं, महासमिति सदस्य मञ्जु शाह ठकुरी, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, नेवि संघका सभापति अञ्जनराज खतिवडा लगायतले बोलेका थिए भने स्वागत मन्तव्य नेपाली कांग्रेस धुलिखेल नगर समिति सभापति विदुर बहादुर बस्नेतले राखेका थिए ।
विपीको पूर्णकदको प्रतिमा निर्माण गर्न मूल समारोह समितिका सभापति जितकृष्ण घिनांजुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम सहसचिव समिर ब्याञ्जूले कार्यक्रम सञ्चालन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस