बनेपा नगरको शाखागत बार्षिक समीक्षा सम्पन्न

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ श्रावण १४, सोमबार (९ महिना अघि)
  • २०३ पटक पढिएको
बनेपा नगरको शाखागत बार्षिक समीक्षा सम्पन्न

काभ्रे । काभ्रे जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाले शाखागत बार्षिक समीक्षा सम्पन्न गरेको छ । नगरपालिकाले पहिलो पटक यसरी शाखागत रुपमा आर्थिक वर्ष २०८०÷८१ को बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरेको हो ।
सो समीक्षा कार्यक्रममा बोल्दै मेयर शान्ति रत्न शाक्यले नगरपालिकाको सुधारका लागि नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उपप्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले राम्रो काम गर्दा सबै नागरिकको शिर उच्च हुने भन्दै नगरपालिकाको समग्र विकासका लागि गरिने सबै प्रकारका गतिविधिमा साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंले बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५२ प्रतिशत मात्रै खर्च भएको जानकारी दिँदै आगामी वर्ष पूँजीगत खर्चलाई बढाउन आवश्वक रणनीति र कार्यतालिका सहित काम गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत चापागाईले समस्या र समाधानका खाका प्रस्तुत गरेका छन् ।
बनेपा नगरपालिकाको गत आर्थिक वर्ष २०८०।०८१ मा विषयगत शाखा र वडाहरुमा सञ्चालित आयोजना तथा कारर्यक्रमहरु तर्फ कुल विनियोजित बजेट मध्ये चालु खर्च ८६.२१%, पूँजीगत खर्च ८९.१०% र वित्तीय व्यवस्था खर्च १००% सहित औसत जम्मा ८७.७६% खर्च सहितको वार्षिक प्रगति समिक्षा सार्वजनिक गरेको छ । समिक्षा गोष्ठी नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने गोष्ठीमा विषयगत शाखाबाट सम्बन्धित शाखाका कर्माचारीहरुबाट प्रस्तुतीकरण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस