निःशुल्क स्वास्थ्य शिविर

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ श्रावण ३, बिहिबार (९ महिना अघि)
  • ३०७ पटक पढिएको
निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । बनेपा नगरपालिकाको आयोजना र शिर मेमोरियर अस्पतालको प्रविधिक सहयोगमा बनेपा आधारभूत नगर अस्पताल बनेपा नगरपालिका वडा नं. ४ नालामा वृहत् निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
उक्त शिविरमा बनेपा वडा नं १, २, ३ र ४ का स्थानियहरुलाई नाक, कान, घाँटी, आँखा, पाठेघरको मुखको क्यान्सर लगायतका विज्ञ डाक्टरबाट जाँच परीक्षण तथा उपचार गरिएका शिर मेमोरियल अस्पतालका सामुदायिक सेवा प्रबन्धक पुकार श्रेष्ठले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरमा जटिल अवस्थामाका बिरामीहरुलाई बनेपामा रहेको शिर मेमोरियल अस्पताल लगेर निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने प्रबन्धक श्रेष्ठले जानकारी दिएका छन् । उक्त शिविरमा आवश्यक पर्नेलाई निःशुल्क औषधिको व्यवस्था समेत गरिएको थियो । शिविरमा शिर मेमोरियल अस्पतालबाट नगर अस्पताललाई अत्याधुनिक अल्ट्रासाउंड मेसिन हस्तान्तरण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस