बुद्धचित्तका दाना चोरीमा संलग्न तेमालका दुई जना पक्राउ

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ श्रावण १, मंगलबार (९ महिना अघि)
  • २२७ पटक पढिएको
Post Thumbnail

काभ्रे  –  बुद्धचित्तका दाना चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको दुधराज लामा र राकेश तामाङ भनिने कोरेन लामा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बा ७ च ४५७७ नम्बरको गाडी सहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले सिन्धुलीको फिकल गाउँपालिका वडा नम्बर १ का होम बहादुर सुनुवारको माला चोरी गरेका हुन् । माला धनि सुनारले तेमालका पुष्प लामालाई माला करार विक्रि गरेका थिए । उनले ठेकेदार आर्यन खतिवडालाई विक्रि गरेका हुन् ।

यस घटनाको बारेमा अनुसन्धान भइरहेको र घटनाको विस्तृत विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस