खहरेखोलाबाट आएको लेदोका कारण बि.पि. राजमार्ग अवरुद्ध

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ २२, शनिबार (९ महिना अघि)
  • २२९ पटक पढिएको
Post Thumbnail

काभ्रे । गए रातीदेखि परेको पानीका कारण बि.पि. राजमार्ग अन्र्तगत विभिन्न स्थानमा खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध हुँदा राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यातायात सञ्चालन ठप्प हुदाँ राजमार्ग हुँदै आवतवाजत गर्ने यात्रुहरु राजमार्गमै रोकिएका छन् ।
बि.पि. राजमार्ग अन्र्तगत जिल्लाको रोशी गाउँपालिकाको वडा नं ८ स्थित नर्के, चारसय बेसी, वडा नं. ९ जनबिजयमंगल माध्यमिक विद्यँलय अगाडी, गाउँपालिकाको वडा नं. ११ कालढुङगा र गाउँपालिकाको वडा नं. १२ माम्तिमा खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार, प्रहरीले स्थानीय निकायसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउनको लागि प्रयास गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस