धान दिवसको अवसरमा लौरो र छाता उपहार

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ १६, आईतबार (१० महिना अघि)
  • १६९ पटक पढिएको
धान दिवसको अवसरमा लौरो र छाता उपहार

काभ्रे । खानीखोला गाउँपालिकाका वडा नः ५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिहरुले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँड्डुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा छिन्ताङले बोल्दै विकट भूगोल भएकाले हिँड्डुल गर्न सेवाग्राहीले सास्ती बेहोरेपछि वडामै पुगेर सेवा दिएको जानकारी दिए । बर्षात्को समयमा घण्टौँ हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोरिरहेको देखेपछि वडाबाट छाता र लौरो उपलब्ध गराउन थालेको बताए ।

गाउँपालिकाको केन्द्र ज्येष्ठ नागरिक, अशक्त, एकल र विधवालाई वडामै पुगेर छाता र लौरो उपलब्ध गराइएको हो । सिङ्गो गाउँपालिका नै जनताको वडा वडामै पुगेपछि खाली हात नजाने भन्दै छाता र लौरो उपहारसमेत गाउँपालिकाले वितरण गरेको पालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्वाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुगेको जानकारी दिनुभयो ।

असार १५ धान दिवस तथा दही चिउरा खाने दिन भएकोले गाउँपालिकाले छाता र लौरो उपहार दिएको भन्दै स्थानीय ७८ वर्षका बल बहादुर श्रेष्ठले पालिकामा सरकार भएको अनुभूति मिलेको बताए । यातायात र बैङ्कसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई पालिकाले दिएको सेवाबाट खानीखोलावासीले खुशी व्यक्त गरेका छन् । गाउँपालिकामा १ हजार १०७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । वडा नं. ५ बाट १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएको वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान (बाबू) ले बताए । त्यस्तै स्थानीय खडानन्द आचार्यले पहिलो पटक गाउँमै सरकार आएको अनुभूति भएको उल्लेख गर्दै गाउँपालिकाले आफ्ना समस्या बुझ्न र भत्ता छाता र लौरो दिन आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको बताए ।

यस वडाबाट हरेक महिनाको एक चोटि नियमित ६० बर्ष माथीका जेष्ठ नागरिक घुम्ती स्वास्थ्य परिक्षण हुँदै आएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड हरेक एक आर्थिक बर्षमा नवीकरण गर्न वडामै आएर गर्नु पर्छ तर सेवाग्राहीको समस्यलाई मध्यनजर गर्दै वडा नं. ५ ले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्ने वडा सचिव चण्डिका थापाले बताए ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल, मिना पाख्रीन, प्रेम लामा, खडक बिक, बिन्दा आचार्य, स्वास्थ्यकर्मी प्रेम खडका बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता बुद्धि बहादुर स्याङ्तानले गरेका छन् भने वडा सचिव चण्डिका थापाले कार्यक्रम सञ्चालन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस