काभ्रे । नमोबुद्द नगरपालिका वडा नं. ७ भकुण्डे बुद्दचोक स्थित बि.पि.राजमार्ग सडक खण्डमा भकुण्डेबाट कटुन्जे तर्फ जाँदै गरेको बा १० च २४९६ न. को बोलेरो गाडिले पैदल यात्री बर्ष अन्दाजी ८४ को सेरब लामालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाईते भएका लामालाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको र उपचारको क्रममा मृत घोषणा गरेको जनाएको छ । ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।