खानीखोलाका किसानलाई अनुदानमा भैँसी वितरण

  • अनलाइन काभ्रे
  • / अर्थ/व्यवसाय /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (१० महिना अघि)
  • ३६६ पटक पढिएको
खानीखोलाका किसानलाई अनुदानमा भैँसी वितरण

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकाको सहयोगमा व्यावसायिक पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा भैँसी वितरण गरेको छ ।
गाउंपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यतामा पालिकाको सातै वडाका १० जना किसानलाई ५० प्रतिशत अनुदानमा १० वटा भैँसी वितरण गरिएको हो ।
कार्यक्रममा उपाध्यक्ष जिम्बाले जनतामा उत्साह बढाउन, युवाहरू विदेश जानबाट रोक्न र खानीखोला गाउँपालिकालाई पशुपालन पकट क्षेत्र बनाउनको लागि युवा लक्षित कार्यक्रम राखिएको बताउँदै यस कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढाउँदै लैजानमा पालिकाले हातेमालो गर्ने बताएका छन् ।
कार्यक्रममा पशु विकास अधिकृत हेमन्त घिमिरेले किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरेको जानकारी दिँदै भैँसीसँगै किसानलाई भैसिको बिमा औषधि समेत वितरण गरिएको बताएका छन् ।
अधिकृत घिमिरेका अनुसार गाउँपालिका र प्रदेश सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि १० वटा कृषि फर्म गाउँपालिकामा निवेदन आएका फर्मका लागि भैंसी वितरण गरेको हो ।
भैंसी अनुदानमा पाउने फर्महरु  देउराली कृषि तथा पशुपंक्षी फर्म, मंगल तितुङ वडा नं. ६ त्यसै वडाका अबिना तितुङ, लुइचे कृषि तथा पशुपंक्षी फर्म कल्पना गोले वडा नं. ६, गोले कृषि तथा पशुपंक्षी फर्म काजिमान गोले वडा नं. ६, उकाली ओराली  कृषि तथा पशुपंक्षी फर्म कान्छी मायाँ भोलन वडा नः ६, चौतारा कृषि तथा पशुपंक्षी फर्म नीर बहादुर थिङ वडा नं. २, राकेश कृषि तथा पशुपंक्षी फर्म छोरी मायाँ बल वडा नं. ५, जनभावना कृषि तथा पशुपंक्षी फर्म पावन थिङ वडा नं. २, राजकुमार कृषि तथा पशुपंक्षी फर्म राजकुमार आचार्य वडा नं. ५, प्रगती कृषि तथा पशुपंक्षी फर्म श्याम लोप्चन वडा नं. ४, पशुपालन फार्म समूह गठन भएको सोही कार्यक्रममा जानकारी दिइएको छ ।
जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने खानिखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताउँदै किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग वचनबद्धता दिएका छन् ।
उक्त कार्यक्रममा  वडा नं. ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान (बाबु) लेखापाल बम काजी शेर्पाली, योजना शाखा प्रमुख तथा वडा नं. ७ का सचिव मित्र भण्डारी, चण्डीका थापा, पशुप्राविधिकहरु लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस