बनेपा । काभ्रे उद्योग वाणिज्य संघको ४२औं अधिवेशनबाट अध्यक्ष पदमा प्रताप वैद्य निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी राजन मानन्धलाई ३० मतले हराउँदै वैद्यले अध्यक्षको पद आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । वैद्यले ४ सय ८७ र मानन्धरले ४ सय ५७ मत पाएका हुन् भने अध्यक्ष पदका अर्का प्रत्यासी बसन्तनारायण भोछिभोयाले १ सय १७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार, उपाध्यक्षमा सुरेशभक्त भोछिभोया र उमेशरत्न शाक्य, महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजकमा रवि तौजले, सहसचिवमा रामकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) विजयी भएका छन् भने खुल्ला सदस्य पदमा निर्दोष पलाञ्चोके, रहदेव पोटे, रोशन खुप्पा श्रेष्ठ, सुमनचौ प्रधान, गौतम मानन्धर, सजन मानन्धर, नरेशराज कायस्थ, राजेन्द्र पसछें, राजनबहादुर ढकाल र हरिशचन्द्र अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै बनेपा संयोजक पदमा लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्यमा पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, बस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एशोसिएट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भएका छन् ।